२०७६ साल : सभामुखदेखि पूर्वमन्त्रीसम्म कारबाहीमा

मंगलबार, ०२ बैशाख २०७७, ०८ : ३१
२०७६ साल : सभामुखदेखि पूर्वमन्त्रीसम्म कारबाहीमा

काठमाडौं । अपराध अनुसन्धानमा ०७६ प्रहरीका लागि प्रभावकारी बन्यो । बहालवाला सभामुखदेखि पूर्वमन्त्रीसम्मलाई प्रहरीले कारबाहीको दायरामा ल्यायो। असोजमा संसद् सचिवालयकै कर्मचारीले आफूलाई सभामुख कृष्णबहादुर महराले बलात्कार गरेको आरोप र जाहेरीसँगै प्रहरीले महरालाई पक्राउ गर्‍यो ।

जिल्ला अदालत काठमाडौंमा महराविरुद्ध जबर्जस्ती करणीमा मुद्दा चल्यो । पुर्पक्षमा महरा जेल चलान पनि भए । तर, पीडितले पछि बयान फेरेपछि तात्कालिक प्रमाणका आधारमा महरा दोषी सावित नभएपछि जिल्लाले महरालाई निर्दोष सावित गर्दै सफाइ दियो । यो प्रकरणले नेकपाको छविलाई केही धमिल तुल्यायो । स्वयं महराको समेत राजनीतिक छवि उकास्न सकस बन्यो ।

महरा केस सेलाउँदै थियो । अर्को ठूलो काण्ड प्रहरीसामु आइलाग्यो । पूर्वमन्त्री एवं सांसद मोहम्मद अफताव आलमको फाइल खुल्यो । ०६४ चैत २७ गते राति रौतहटको राजापुरमा इँटाभट्टामा दुई जनालाई जिउँदै जलाएको घटनामा आलम जोगिँदै आएका थिए ।

सरकार, राजनीतिक दल र स्थानीय रूपमा समेत राम्रो पकड जमाउँदै आएका आलमलाई पक्राउ गर्नु त्यति सहज थिएन । निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको जोडबलमा आलमलाई पक्राउ गरियो । उनी अहिले पुर्पक्षका लागि जेलमा छन् ।अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस