लकडाउन उल्लघंन गर्नेलाई १ हजार डलर जरिवाना

सोमबार, ०१ बैशाख २०७७, १० : १०
लकडाउन उल्लघंन गर्नेलाई १ हजार डलर जरिवाना

एजेन्सी । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण  विश्वका अधिकांश मुलुकसंगै अमेरिका पनि लकडाउनमा छ । दिन प्रति दिन अमेरिकामा कोरोनाको संक्रमण दर बढदै गएपछि विभिन्न प्रान्तका सरकारले लकडाउन आब्हान गरेका छन् ।

तर कतिपय शहरमा लकडाउन उल्लघंनको घटना बढ्न थालेपछि कारवाही स्वरुप गोली हान्नेसंगै जरिवाना लगाउन थालिएको छ ।  अमेरिकाको क्यालिफोर्नियाको सान्ता क्रुजमा घरभित्र बस्ने आदेश उल्लंघन गर्ने ७ जनालाई त्यहाँका सरकारले एक हजार डलरका दरले जरिवाना गरिएको छ । शेल्टर इन प्लेसको आदेश उल्लंघन गरेका कारण उनीहरुलाई सजाय स्वरुप जरिवाना गरिएको हो ।

उनीहरु मादक पदार्थ किन्नका लागि फ्रिमोन्टबाट आएको जनाइएको छ । सान्ता क्रुजभन्दा बाहिरबाट आएर समुदायलाई जोखिममा राख्नेहरुलाई जरिवाना तिराइने त्यहाँका प्रहरी प्रमुखले जनाएका छन् । उनीहरु ५० माइल गाडी चलाएर त्यहाँ आएको जनाइएको छ । सान्ता क्लारा काउन्टीको जनस्वास्थ्य विभागको वेवसाइटमा अत्यावश्यकबाहेक अन्यकाममा घरबाहिर नजान भनिएको छ । घरमा जमघट र भोजभतेर गर्न समेत प्रतिबन्ध लगाइएको छ ।

अमेरिकाका अहिलेसम्म ५ लाख ६० हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टी भएको छ भने २२ हजार १ सय १५ जनाको मृत्यु भएको छ । कोरोनाको कारण विश्वभरिमै सबैभन्दा बढी यहांका नागरिक संक्रमित छन् भने मृत्युको ग्राफ पनि सबैभन्दा बढी यहीकै रहेको छ । 

प्रतिक्रिया दिनुहोस