काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएबापत तिर्नुपर्ने थप पुँजीगत लाभकर बुझाएको छ ।
एनसेलले आजै १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । एनसेलले २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार रुपैयाँ पूँजीगत लाभकर तिर्नुपर्ने थियो ।
यसअघि एनसेलले पुस १५ गते ४ अर्ब ५० करोड, चैत १८ गते ४ अर्ब ६० करोड र आज १४ अर्ब ३३ करोड गरी २३ अर्ब ४३ करोड कर तिरेको हो । यो सँगै यसको सम्पूर्ण पूँजीगत लागकर चुक्ता भएको छ ।
युरोपको टेलिया कम्पनीले चार वर्ष अघि चैत २९ गते एनसेलमा भएको आफ्नो ८० प्रतिशत स्वामित्व मलेसियाको टेलिकम कम्पनी एक्जियटालाई बिक्री गरेको थियो ।
स्वीडेनमा मुख्य कार्यालय भएको टेलिया कम्पनीले नर्वेमा रहेको आफ्नो होल्डिङ कम्पनी टेलिया सोनेरा नर्वे नेपालसँग सेन्ट किट्स एण्ड नेभिस नामक टापुमा दर्ता रहेको रेनल्ड होल्डिङ्सको सेयर एक खर्ब ४४ अर्ब ७८ करोड रुपैयाँमा बिक्री गरेको थियो ।
यो सेयर मलेसियामा मुख्य कार्यालय रहेको एक्जियटा कम्पनीले आफ्नो बेलायतमा रहेको सहायक कम्पनी एक्जियटा इन्भेष्टमेन्ट युकेमार्फत किनेको थियो । त्यसयता पूँजीगत लाभकर कसले तिर्ने भन्ने विवाद रहँदै आएको थियो ।
सर्वोच्च अदालतले यो विषयमा एनसेलसँगै लाभकर असुल गर्न आदेश दिएपछि यो प्रक्रिया सुरु भएको थियो।
ठूला करदाता कार्यालयका प्रमुख झलक अधिकारीले सावा व्याज सहित सम्पूर्ण पूँजीगत लाभकर बुझाएको बताएका छन् । उनले अब एनसेल विवादमुक्त भएको पनि बताए । कारोबारको आधारमा एनसेल देशकै ठुलो कम्पनी हो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित
एनसेल बन्यो आइएसओको मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी
एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाई हुने
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण
नवीकरण भयो एनसेल