मुम्बईमा तीन पत्रकारलाई कोरोना भाइरसको संक्रमण

आइतबार, ३० चैत्र २०७६, १६ : ४०
मुम्बईमा तीन पत्रकारलाई कोरोना भाइरसको संक्रमण

नयाँ दिल्ली । मुम्बईमा कार्यरत तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ ।

बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये उनिहरु रहेको जनाइएको छ । अन्य ३७ जना पत्रकारमा नेगेटिभ पाइए पनि होटलमै क्वारेन्टाइनमा राखिएको छ ।

संक्रमित भनिएका तीनै जना पत्रकारको परिक्षण उनिहरु आबद्ध सञ्चार माध्यमले गरेकाले अब त्यसको थप परीक्षण ब्रिहानमुम्बई म्युनिसिपाल कर्पोरेसनले गर्ने छ ।

होटलमा रहेका सबै पत्रकार टाइम्स ग्रुपमा आबद्ध रहेका र उसैले सम्पूर्ण व्यवस्थापन गरिरहेको जनाइएको छ । संक्रमित तीनै जना न्युज डेस्कमा काम गर्ने हुन् ।