विश्वकै खतरनाक ड्रग्स कारोबारी इल चापो कोरोना भाइरसबाट सुरक्षित

आइतबार, ३० चैत्र २०७६, १५ : ०२
विश्वकै खतरनाक ड्रग्स कारोबारी इल चापो कोरोना भाइरसबाट सुरक्षित

एजेन्सी । विश्वकै खतरनाक ड्रग्स कारोबारी इल चापो कोरोना भाइरसबाट सुरक्षित छन् । सेप्टम्बर ११ मा न्युर्योकमा भएको बम हमलाका योजनाकारमध्ये एक जाकारियास मुसावी पनि ।  

यी दुईसहित कोलोराडोको फ्लोरेन्सस्थित ‘अल्काट्राज अफ रकिज’ एडिएक्स बन्दीगृहमा राखिएका सबै कुख्यात अपराधी भाइरसमुक्त छन् । 

‘सुपरम्याक्स’ श्रेणीको यो बन्दीगृहमा सबैभन्दा कुख्यात र खतरनाक अपराधीलाई राखिन्छ । यहाँको सुरक्षा व्यवस्था अन्यत्रभन्दा निकै कडा हुने गर्दछ ।

शुक्रबारसम्म यस बन्दीगृहका कुनै पनि युनिटमा कोरोनाको संक्रमण नभेटिएको जेल प्रशासनले जनाएको छ । 

उच्च सुरक्षा व्यवस्थासहित यस जेलमा युना बम्बर टेड काचिन्स्की, बोस्टन म्याराथनमा बम हान्ने जोखर सर्नेइभलगायतलाई राखिएको छ । खतरनाक अपराधीहरुलाई एक्लै थुनामा राख्ने गरिएको र उनीहरुलाई सातामा ७ घण्टामात्रै फूर्सदको समय बिताउनका लागि खुला गर्ने गरिएको छ । 

ओक्लाहोमा शहरमा बम हान्ने टेरी निकोल्स र ओलम्पिक पार्कमा बम हान्ने एरिका रुडोल्फलाई थुनाकक्षबाट बाहिर निकालेर तीनजनाले स्कर्टिङ गर्दै कोभीड– १९ को स्क्रिनिङ गरेका थिए । 

यस जेलका सबै युनिटमा कडा सुरक्षा व्यवस्था र सामाजिक दूरी कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस