कोरोना डायरी

पत्रकारिता : रहर कि बाध्यता

विहीबार, २७ चैत्र २०७६, १८ : ४०
पत्रकारिता : रहर कि बाध्यता

- प्रवीणकुमार दत्त
भविष्यमा म पत्रकार हुन्छु र पत्रकारिता गर्छु भन्ने रहर न त विद्यालयकालमा थियो न त क्याम्पस अध्ययन गर्दा सम्मै । तर जानिदो नजानिदो तवरले कसरी यो पेशामा अंगालिन पुगे । म आफैे अहिले सम्म बुभ्mन सकिन । तर जिन्दगीको यात्रामा अनेकौ गोरेटोका कारण सोचिएको लक्ष्य र बनाईएको योजना पनि कहिले काही फेल खान्छ । मेरा योजना र लक्ष्य पनि त्यसै अनुरुप भयो कि भन्ने मलाई लाग्छ । आफुले देखेको सपना र जिन्दगीको लक्ष्य पुरा गर्न सकिन तर जानिदो नजानिदो बडो रोमाञ्चकारी र खतरनाक पेशा जो राज्य र नागरिक संग प्रत्यक्ष जोडिने गर्छ, त्यसमै विगत १४ वर्ष देखि रमाउदैं आएको छु । यो १४ वर्षको दौरान दश वर्षे जनयुद्ध, ०६२/६३ को विशाल जनआन्दोलन, विस्तृत शान्ति सम्झौता, गणतन्त्र, धर्म निरपेक्ष राष्ट्र लगायत विभिन्न कालखण्ड नजिकबाट अनुभति गर्न पाए । अनुभुति मात्र हैन कि यो विषमा जनतालाई सुसुचित गर्ने अवसरलाई पनि आफ्नो कर्तव्यसँग जोडेर पुरा गरे जस्तो लाग्छ ।

यि त भए केही मिठा नमिठा अनुभुति । अब कुरा गरौं । अहिलेको यो विषयम परिस्थिती कोरोना नामक परजिवीको त्रास । जसले विश्वका ठुला ठुला राष्ट्रलाई अहिले आक्रान्त बनाएको छ । यो संग लड्न कोहीसँग केही अन्त्र नभए जस्तो । पृथ्वीमा ८७ लाख प्राणी मध्ये अहिले मानवको अस्तित्वमा नै संकट परेजस्तो । यसको अचुक वाण नै कसैसंग नभए जस्तो । आफुलाई महाशक्तिशाली भन्ने राष्ट्र जस्ले यो ब्रम्हाण्डमै परमाणु अस्त्रको सहायताले राज गर्छु, र प्रविधिको सहयोगले सबै समस्याको निवारण गर्न सक्छु भन्ने ति राष्ट्रले अहिले मानव जातिको अस्तित्व बचाउन गरिरहेको पहल । वास्तवमा यो परजिविसंग लड्न कहिले नसुनिएको शब्द लकडाउन, सेल्फ क्वारेन्टाईन, आईसोलेसनसंग म पनि जुधिरहेको छु । पेशाले पत्रकार भएका कारण फिल्डमा गएर रिर्पोटिंग गर्नुपर्ने हो तर अहिले मेरा कर्मघर कार्यालय नभएर निवास भएको छ ।

निवासबाटै कार्यालयको लागि गर्ने नियमित कार्य बिहानै उठेर त्यही समाचार सम्पादनमा लाग्छु ।  र १ बजे सम्म गर्छु । त्यसपछिको दिनचर्या भने बडो उराठलाग्दो बन्छ भन्दा साथी, सहकर्मीहरुलाई अलि नरमाईलो लाग्ला तर बाध्यतासंगै उपाय नभएपछि त्यसपछिका समय टेलिभिजन, रेडियो, अनलाईन र युटयूब सहारामा बित्ने गर्छ । अहिले राज्यले गरेको अनुरोध कही कसैको लागि नभई आफ्नै लागि भएकाले पनि बाहिर निस्कन मन लाग्न छोडेको छ । उही बेलुका एकछिन तरकारी, खाद्यान्न किनमेलमा निस्किएपनि त्यो भन्दा बाहिरको घेरामा पुग्न सकेकोै छैन । साथीभाईसंग जोडिने र गफिने माध्यम बनेको छ, ईन्टरनेट र सामाजिक संजाल ।

कहिलेकाही सोच्छु, अहिलेको यो विषम परिस्थिीतिमा इन्टरनेट र सामाजिक संजाल नभए के हुन्थ्यो, कसरी समय कट्थ्यो भन्ने पनि लाग्छ । तर जे होस, रोग छ, औषधी छैन, निर्मुल पार्न स्यवं सावधानी अपनाउनुपर्ने हुन्छ । त्यही भएर पनि होला, हात धुने, स्यानिटाईजर प्रयोग गर्ने तर्फ अलि बढी केन्द्रित हुन पुगेको छ । सायद, यो लेखिरहदा कतिपय साथीहरु यही क्रियाकलापमा पनि व्यस्त रहनुभएको होला, अन्त्यमा स्वास्थ्य भन्दा अरु केही ठुलो नभएकाले कोरोना नामक परिजिवीलाई निर्मुल पार्ने अस्त्र घरमै बस्न नै सबैलाई आग्रह गर्न चाहन्छु ।
जय कोरोना ।।।