अमेरिकी राष्ट्रपति ट्रम्पले गरे भारतीय प्रधानमन्त्री मोदीको तारिफ

विहीबार, २७ चैत्र २०७६, १३ : १३
अमेरिकी राष्ट्रपति ट्रम्पले गरे भारतीय प्रधानमन्त्री मोदीको तारिफ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् । 

ट्रम्पले ट्वीटरमार्फत् मोदीको तारिफ गरेका हुन् । उनले लेखेका छन्, ‘असाधारण समयमा मित्रहरु बीच घनिष्ठ सहयोग आवश्यक छ । हाइड्रोक्सीक्लोरोक्विनबारे लिइएको निर्णयका लागि भारत र भारतीय जनतालाई धन्यवाद । यो कहिल्यै बिर्सने छैन ! प्रधानमन्त्री नरेन्द्र मोदी, यो लडाईंमा भारतलाई मात्रै नभई मानवतालाई पनि सहयोग गर्न चाल्नुभएको तपाईंको यो उत्कृष्ट नेतृत्वका लागि धन्यवाद ।’ 

ट्रम्पले भारतबाट २.९ करोड हाइड्रोक्सीक्लोरोक्विन पठाएको पनि जानकारी दिए । गत शनिबार ट्रम्पले भारतसँग कोरोनासँग लड्नका लागि मलेरियाका लागि प्रयोग हुने औषधी हाइड्रोक्सीक्लोरोक्विनको खोप माग गरेका थिए ।

ट्रम्पले धम्की दिँदै यदि भारतले उनको व्यक्तिगत आग्रहपछि पनि औषधी पठाउँदैन भने कारवाही गर्ने चेतावनी समेत दिएका थिए ।

भारतले औषधि पठाएपछि भारतप्रतिको आफ्नो व्यवहार परिवर्तन गर्दै ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका हुन् ।

Extraordinary times require even closer cooperation between friends. Thank you India and the Indian people for the decision on HCQ. Will not be forgotten! Thank you Prime Minister @NarendraModi for your strong leadership in helping not just India, but humanity, in this fight! — Donald J. Trump (@realDonaldTrump) April 8, 2020

प्रतिक्रिया दिनुहोस