लकडाउन उल्लघंन गर्ने १ हजार ३ सय जना प्रहरी नियन्त्रणमा

विहीबार, २७ चैत्र २०७६, १० : ५३
लकडाउन उल्लघंन गर्ने १ हजार ३ सय जना प्रहरी नियन्त्रणमा

काठमाडौं । कोरोना भाइरसको संक्रमण प्रति सतर्कता अपनाउदैं सरकारले आव्हान गरेको लकडाउन उल्लघंन गर्ने १ हजार ३ सय बढीलाई प्रहरीले आज बिहानै पक्राउ गरेको छ । 

उनीहरुलाई बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  ति मध्ये १ हजार १ सय पुरुष र २ सय ७८ जना महिला रहेको प्रहरीले जनाएको छ । यस्तै लकडाउन उल्लङ्घन गर्दै चलाइएका २ सय ४९  सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले यी गाडी अत्यावश्यक बाहेकका कामका लागि चलाएको पाइएकाले दिनभरि होल्ड गरेर बेलुकीमात्रै फिर्ता गर्ने जनाएको छ ।  कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । सरकारले लागू गरेको लकडाउनको आज १६ औं दिन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस