आइतबारदेखि बजारमा भरी सिलिण्डर

पत्रपत्रिकाबाट

विहीबार, २७ चैत्र २०७६, ०८ : ४०
आइतबारदेखि बजारमा भरी सिलिण्डर

काठमाडौँ । नेपाल आयल निगमले आइतबारदेखि खाना पकाउने ग्यासको भरी सिलिण्डर बजारमा ल्याउने भएको छ । ग्यासको आपूर्ति पर्याप्त मात्रामा भएकाले नेपाल आयल निगमले बिहीबारदेखि भरी सिलिण्डर भर्न उद्योगीलाई निर्देशन दिएको हो ।

निगम सञ्चालक समितिको बुधबारको बैठकले १४.२ किलो (पूरै भरिएको) को सिलिण्डर ग्यास बिक्री विरतण खुला गर्ने निर्णय गरेको हो । सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको निगमका प्रवक्ता वीनितमणि उपाध्यायले जानकारी दिए । बजारमा भएका आधा सिलिण्डर बिक्री सकिएपछि आइतबारबाट मात्रै भरी सिलिण्डर ग्यास बिक्री गर्न निगमले निर्देशन दिएको छ ।

बजारमा खाना पकाउने ग्यासको माग उच्च भएपछि निगमले चैत १६ गतेदेखि मुलुकभर आधा सिलिण्डर ग्यास बिक्री गर्न थालेको थियो । ७. १ केजी सिलिण्डर मौज्दातमा नभएका बिक्रेतामार्फत मात्र भरी सिलिण्डर बिक्री गर्नुपर्ने छ । ग्यास उदोग तथा बिक्रेताबाट ७.१ केजी र १४.२ केजी भरिएका सिलिण्डर सँगै बिक्री गरेको पाइएको कारबाही गरिने निगमले जनाएको छ । करोबार दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस