उच्चस्तरीय समितिको निर्णय : अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गते सम्म बन्द रहने

मंगलबार, २५ चैत्र २०७६, १७ : १९

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । 

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताउनुभयो । आन्तरीक उडान बैशाख ३ गते सम्म बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस