शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

मंगलबार, २५ चैत्र २०७६, १६ : ०७
शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

काठमाडौं । शंकर ग्रुपका मालिक सुलभ अग्रवाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन् ।

मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई नक्सालबाट पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार उनले ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेका थिए । पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेको आरोप छ । उनको साथबाट ६७ थान थर्मल गन बरामद भएको छ ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको छ । उनको साथबाट २०९८ सीसी वान नम्बरको गाडी प्रहरीले बरामद गरेको छ ।

शंकर ग्रुपले हालै शनिबार मात्र चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो। एक निजी लजिस्टिक कम्पनीले मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको विमान चार्टर गरेको थियो ।

अग्रवाल जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक पनि हुन्।

प्रतिक्रिया दिनुहोस