इन्डक्सन चुल्हो प्रति किन बढ्दो आकर्षण

मंगलबार, २५ चैत्र २०७६, ०७ : ५८
इन्डक्सन चुल्हो प्रति किन बढ्दो आकर्षण

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ सालमा भारतले लगाएको नाकाबन्दी ताका चीन सरकारले नेपाल सरकारलाई अअनुदानस्वरुप दिएको झण्डै १२ हजार थान चुलो कोरोना भाइरसकाकारण भएको लकडाउनका बेला मात्रै सकिएको गोरखापत्रमा खबर छ । 

कम्पनीले सूचना जारी गर्दै इन्डक्सन चुलो सकिएको जानकारी गराएको छ । बन्दाबन्दीका कारण खाना पकाउने ग्यासको विकल्पमा आमउपभोक्ताको आकर्षण इन्डक्सन चुलोतिर बढेको थियो ।

कम्पनीले उपत्यकामा सञ्चालन गरेका विभिन्न पाँचवटा बिक्री केन्द्र काठमाडौँको रामशाहपथ, थापाथली, ललितपुरको लखनखेलस्थित प्रयाग पोखरी, भैँसेपाटीस्थित नख्खुचोक, भक्तपुरको सूर्यविनायकबाट दैनिक पाँच सय इन्डक्सन चुलो बेचेको थियो ।

प्रतिक्रिया दिनुहोस