एजेन्सी । कोरोना भाइरसबाट चीनमा मृत्यु भएकाहरूको सम्झनामा तीन मिनेट मौनधारण गरिएको छ ।
चीनभरिका नागरिकले भाइरसबाट मृत्यु भएका सबै र सङ्क्रमितको उपचार गर्दागर्दै आफ्नो ज्यान गुमाउने स्वास्थ्यकर्मीको सम्मानमा तीन मिनेट मौनधारण गरेका हुन् ।
राष्ट्रिय शोक दिवसका रूपमा चीनको राष्ट्रिय झण्डासमेत आधा झुकाइएको छ । सवारीसाधनमा समेत हर्नको रुपमा परम्परागत शोक धुन बजाएका छन् ।
यद्यपि, सङ्क्रमणको डर बाँकी नै रहेकाले सर्वसाधारणलाई भने चिहानमा जान रोकिएको थियो ।
यसैबीच, चीनका सिन्ह्वा, चाइना डेल्ली, ग्लोबल टाइम्स, पिपुललगायतका मूलधारका मिडियाले आफ्ना अनलाइन संस्करण अग्रभाग श्यामश्वेत बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै