नेपाल बन्द बुझेका नेपालीले लकडाउन बुझेनन् : निखिल उप्रेती

विहीबार, २० चैत्र २०७६, १६ : २५
नेपाल बन्द बुझेका नेपालीले लकडाउन बुझेनन् : निखिल उप्रेती

काठमाडौँ । अभिनेता निखिल उप्रेतीले लकडाउनमा पनि बेलुका ५ बजेपछि घरबाहिर धेरै मानिस देखिएकोले त्यसलाई राजनीतिक प्रभाव भएको बताएका छन् । उनले एक भिडियो सन्देश सार्वजनिक गर्दै यस्तो बताएका हुन् । 

‘हामीमा राजनीतिको गहिरो प्रभाव छ । यो देशमा राजनीतिक स्वार्थका लागि धेरै पटक नेपाल बन्द भयो’ उनले अगाडि भने ‘त्यो नेपाल बन्द बुझेका नेपालीले लकडाउन बुझेनन् ।’ कोरोनाको संक्रमणबाट देशलाई जोगाउन सरकारले गरेको लकडाउन पूर्ण रुपमा पालन गरेर घरभित्रै बस्न समेत निखिलले सबैलाई अनुरोध गरेका छन् । 

निखिल विगत १० दिनदेखि घरमै रहेका छन् । नयाँ फिल्म ‘आयो भैरव’को काम गरिरहेका निखिलको कोरोना समस्या समाधान भएपछि यसको सुटिङमा गर्ने योजना पनि रहेको छ । 

‘विज्ञानले प्रगतिको पराकाष्ट हात हतियारमा गराएको छ’ निखिलले भने, ‘त्यही विकासको क्रममा हामीले गरेको गल्ती अहिले कोरोना भएर आयो ।’ अहिले कतिपय देशहरुसँग क्षणभरमा विश्वलाई समाप्त पार्ने हतियार भएको उल्लेख गरेका निखिलले भने, ‘हामीले हिंसा र हत्याका लागि नै विज्ञानको प्रयोग गरेकाले कोरोनाजस्तो महामारी भित्रिएको हो ।’

प्रतिक्रिया दिनुहोस