चीनले नेपालमा रहेका आफ्ना नागरिक लैजान जहाज पठाउँदै

बुधबार, १९ चैत्र २०७६, ०८ : ३३
चीनले नेपालमा रहेका आफ्ना नागरिक लैजान जहाज पठाउँदै

file Photo

काठमाडौं । नेपालमा रहेका चिनियाँ नागरिकलाई लैजान बुधबार एयर चाइनाको जहाज काठमाडौं आउँदै छ ।

नेपाल पर्यटन बोर्ड स्रोतका अनुसार १ अप्रिल पौने १२ बजे काठमाडौंबाट उड्ने गरी आफ्ना नागरिक लिन एयर चाइनाको जहाज आउने भएको हो ।

बोर्डले नेपालमा रहेका र घर फर्कन चाहने चिनियाँ पर्यटकलाई आफ्नो मुलुकको दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ । चीनले अहिले विभिन्न मुलुकबाट आफ्ना नागरिकलाई फिर्ता लगिरहेको छ ।

सरकारले १५ अप्रिलसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि धेरैजसो मुलुकले आफ्ना नागरिकलाई धमाधम फिर्ता लगिरहेका छन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस