भरतपुर अस्पतालको अध्यक्षमा डा. अधिकारी मनोनित

मंगलबार, १८ चैत्र २०७६, १७ : ०९
भरतपुर अस्पतालको अध्यक्षमा डा. अधिकारी मनोनित

चितवन । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा. भोजराज अधिकारी मनोनित हुनु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको आज मंगलबार बसेको बैठकले डा. अधिकारीलाई तीन वर्षका लागि अध्यक्ष पदमा मनोनयन गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले मंगलबार नै डा. अधिकारीलाई पत्र लेखी यसको बोधार्थ भरतपुर अस्पताल विकास समितिलाई दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस