वीरगञ्ज । लक डाउनको बेला क्रिकेट नखेल्न आग्रह गर्न गएका प्रहरीलाई ब्ष्याटले प्रहार गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ गण्डक बहुअरी टोलका २७ वर्षिय गणेश कुमार साह रहेका छन्। उनलाई लकडाउन रहेको बेला क्रिकेट खेलिरहेका उनलाई नखेल्न आग्रह गर्दा उनले प्रहरीलाई नै ब्याटले हिर्काएका थिए ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन देशभरि लकडाउनको घोषणा गरिएको बेला आफ्नै टोलमा क्रिकेट खेलिरहेका साह लगायतका युवालाई इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले सम्झाउन खोजेको थियो। क्रिकेट नखेल्न सम्झाउने एक जना प्रहरी हवल्दारलाई साहले क्रिकेट ब्याटले हिर्काएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
‘हाम्रो टोली क्रिकेट नखेल भनी सम्झाउन गएको थियो’, मिश्रले भने, ‘युवकले प्रहरीलाई नै क्रिकेट खेलिरहेको ब्याटले हिर्काए।’ प्रहरीलाई ब्याटले हिर्काएपछि साहलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलाउने तयारी भएको मिश्रले बताए।साहलाई थप अनुसन्धानको लागि सात दिनको म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस