कोरोनाको शंकास्पद बिरामीको उपचारमा रोबोट

आइतबार, १६ चैत्र २०७६, १९ : ०४
कोरोनाको शंकास्पद बिरामीको उपचारमा रोबोट

एजेन्सी । कोरोनाको सन्त्रासले महामारीको रुप लिएसंगै यसको संक्रमण बढन नदिन विश्व नै यतिबेला लागि परेको छ । चीनबाट शुरुवात भएको यसको महामारी अहिले त्यहाँ निर्मुल जस्तै हुन पुगेको छ । यता दिन प्रति दिन कोभिड १९ को संक्रमण बढदै गएपछि श्रीलंकामा शंकास्पद बिरामीको उपचार रोबोटको सहयोगमा गर्न थालिएको  । 

श्रीलंकाको होमागामा बेस अस्प्तालमा  शंकास्पद बिरामीको उपचार रोबोटको सहयोगमार्फत गर्न थालिएको छ । अस्पतालका निर्देशक डाक्टर जानिथ हेट्टियाराच्चीले रोबोटले प्रभावकारी काम गरिरहेको बताए । ‘झन्डै १ सय मानिसले गर्ने काम यसले एक्लै गर्छ,’ उनले भने । यो रोबर्ट वार्डबाट वार्डमा घुम्छ र व्यक्तिको स्वास्थ अवस्थाबारे स्वास्थकर्मीलाई जानकारी दिन्छ । त्यस्तै, डाक्टरको सूचना पनि बिरामीलाई दिन्छ ।

बिरामीको आवश्यकताअनुसार खाना र औषधी वितरणमा पनि यसको प्रयोग हुने गरेको उनले बताए । एटलास् ग्रुपले यो उपलब्ध गराएको हो । रोबोटको डिजाईन र निर्माण स्थानीय कम्पनीले झन्डै १० लाख श्रीलंकन रुपैयाँ अर्थात् ६ लाख ४० हजार नेपाली रुपैयाँमा गरेको हो ।

 तर, यसको अन्तर्राष्ट्रिय बजार मूल्य कम्तिमा ५० लाख श्रीलंकन रुपैयाँ हुने बताइएको छ । यो रोबोट अहिले परीक्षणकै क्रममा छ र भविष्यमा अन्य अस्पतालमा पनि यस्तै परियोजनामार्फत रोबोट राख्ने अपेक्षा गरिएको छ ।

रोबोटबाट शंकास्पद बिरामीको उपचार गर्न थालिएपछि स्वास्थ्यकर्मीहरुलाई जोखिम कम भएको छ । यसले संक्रमण दर पनि घटने श्रीलंकाका सरकारले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस