काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न चीनले सहयोग गरेको रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री आइतबार नेपाल आइपुगेको छ ।
चीनका विभिन्न राज्य तथा संगठनले प्रदान गरेका सुरक्षा सामग्री (पिपिई) सहित अत्यावश्यक सामग्रीको पहिलो लट लिन हिजो गएको विमान चीनको ग्वान्झाउबाट आज काठमाडौँ आएको हो ।
सिचुवान प्रान्त, सिचुवान प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले प्रदान गरेको पिपिईसहितका अत्यावश्यक सामग्रीसहितको विमान आइतबार बिहान अवतरण भएको हो ।
सो विमानमा ज्याक मा फाउन्डेसन र अलिबाबाले सहयोग स्वरुप प्रदान गरेका मास्कसहितका सुरक्षात्मक सामग्री पनि ल्याइएको छ । नेपाल एयरलाइन्सको विमानबाट चिकित्सकिय सुरक्षा सामग्री सहितको सामान नेपाल ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट