काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न चीनले सहयोग गरेको रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री आइतबार नेपाल आइपुगेको छ ।
चीनका विभिन्न राज्य तथा संगठनले प्रदान गरेका सुरक्षा सामग्री (पिपिई) सहित अत्यावश्यक सामग्रीको पहिलो लट लिन हिजो गएको विमान चीनको ग्वान्झाउबाट आज काठमाडौँ आएको हो ।
सिचुवान प्रान्त, सिचुवान प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले प्रदान गरेको पिपिईसहितका अत्यावश्यक सामग्रीसहितको विमान आइतबार बिहान अवतरण भएको हो ।
सो विमानमा ज्याक मा फाउन्डेसन र अलिबाबाले सहयोग स्वरुप प्रदान गरेका मास्कसहितका सुरक्षात्मक सामग्री पनि ल्याइएको छ । नेपाल एयरलाइन्सको विमानबाट चिकित्सकिय सुरक्षा सामग्री सहितको सामान नेपाल ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास