कोरोना विरुद्ध सँगै लड्न अमेरिकी राष्ट्रतिलाई चिनियाँ राष्ट्रपतिको आग्रह

एजेन्सी

शुक्रबार, १४ चैत्र २०७६, १४ : ५०
कोरोना विरुद्ध सँगै लड्न अमेरिकी राष्ट्रतिलाई चिनियाँ राष्ट्रपतिको आग्रह

फाईल फोटो

काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल विश्वव्यापी महामारीका रुपमा देखिएको कारोना भााइरसका विरुद्ध एक भएर लड्न आग्रह गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सिले आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गर्नुभएको थियो । सोही क्रममा राष्ट्रपति सिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सो प्रस्ताव राख्नुभएको हो ।

चिनियाँ सरकारी मिडियाले आज सो विषयमा जानकारी गराएका हुन् । चीन र अमेरिका पछिल्लो समयमा कोरोनाबाट बढी प्रभावित भएका छन् । तर चीनमा भने यो भाइरसको सङक्रमण नियन्त्रणमा आइसकेको बताइएको छ ।

चीनको उहानबाट निस्किएको यो भाइरसबाट हाल संसारका करिब पाँच लाख मानिस सङक्रमित भइसकेका छन् । साथै यसबाट २४ हजार भन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।

चिनियाँ राष्ट्रिय प्रसारण सिसिटिभीले जनाएअनुसार चिनियाँ राष्ट्रपति सिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरससम्बन्धी सूचनाहरु आदानप्रदान गर्ने र आगामी दिनमा यसका विरुद्धमा मिलेर लड्ने प्रस्ताव गर्नुभएको थियो ।

यसैबीच आजमात्र प्राप्त समाचारमा चीनमा भन्दा बढी सङक्रमित व्यक्ति अमेरिकामा भेटिएका छन् । अमेरिकामा हाल ८५ हजारभन्दा बढी व्यक्ति भेटिएका छन् भने त्यहाँ एक हजार  ३०० ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस