कोरोना प्रभाव

दैनिक पत्रिका बन्द हुन थाले , कान्तिपुर आजबाट बन्द

सफल खबर संवाददाता

शुक्रबार, १४ चैत्र २०७६, ०९ : २७
दैनिक पत्रिका बन्द हुन थाले , कान्तिपुर आजबाट बन्द

काठमाडौं । विश्वब्यापी महामारी बन्दै गएको कोरोना भाइरस (कोविड १९) का कारण नेपालका ब्रोडसिट दैनिक पत्रिकाहरु बन्द हुन थालेका छन् । सबैभन्दा ठूलो मिडिया हाउसका रुपमा आफुलाइृ दाबी गर्दै आईरहेको कान्तिपुर मिडिया गुप्र (केएमजी)ले आफना प्रिन्ट संस्करणहरु आजबाट अनिश्चितकालका लागि स्थगित गरेका छन् ।

कान्तिपुर मिडिया गुप्रका अध्यक्ष कैलास सिरोहियाले कान्तिपुर र काठमाडौं पोष्टमा आज विशेष प्रकाशकिय लेखेर प्रकाशन गृहका प्रिन्ट संस्करण बन्द भएको घोषणा गरेका हुन् । अब कान्तिपुर, काठमाडौं पोष्ट, नेपाल साप्ताहिक, नारी र साप्ताहिक अर्काे सूचना नभएसम्मका लागि प्रकाशन नहुने भएका छन् । कान्तिपुरले आफनो डिजिटल संस्करण इकान्तिपुर अनलाइन, कान्तिपुर एफएम र कान्तिपुर टेलिभिजन भने यथावत रुपमा सञ्चालनमा आईरहने सिरोहियाले विशेष प्रकाशकिय मार्फत जानकारी गराएका छन् ।

कान्तिपुर मात्र होइन, अन्य ठूला ब्रोडसिटका दैनिक पत्रिकाहरु पनि आफना प्रकाशन बन्द गर्ने तयारीमा लागेका छन् । तर मात्र आफु कमजोर नदेखिन र अरुले पहिले बन्द गरेपछि मात्र आफ्नो तयारी गर्ने भन्दै ति प्रकाशन गृहले पनि आफ्ना प्रकाशन स्थगित गर्ने तयारी थालेका छन् ।  अर्काे ठूलो सञ्चार गृह अन्नपूर्ण मिडिया गुप्रले भने पत्रिका बन्द गर्ने नगर्ने निर्णय लिईसकेको छैन । तर कान्तिपुरले प्रकाशन स्थगन गरेपछि उसले पनि त्यही बाटो अंगाल्ने जनाइएको छ । सबैभन्दा पहिले पत्रिका १२ पेजमा झारिसकेको अन्नपूर्ण दैनिकले अहिले ८ पेज मात्र पत्रिका प्रकाशन गरिरहेको छ ।

अन्नपूर्ण मिडिया गुप्र अन्र्तगतका अन्नपूर्ण दैनिक, अन्नपूर्ण एक्सप्रेस अंगे्रजी पत्रिका, सम्पूर्ण साप्ताहिक प्रिन्ट संस्करणमा छन भने अन्नपूर्ण डटकम, रेडियो अन्नपूर्ण र एपीवान टेलिभिजन सञ्चालन गदै आएको छ । उसले पनि आज भोलिमै प्रिन्ट संस्करणका विषयमा महत्वपूर्ण निर्णय लिन सक्ने त्यहाँ कार्यरत सञ्चारकर्मीहरु बताउँछन् ।  अहिले उसले आफ्ना कर्मचारीहरुलाई घर घरमै कम्युटर जडान गरिदिएर सिष्टम मार्फत पत्रिका प्रकाशनको काम गदै आईरहेको छ । यस भिडिया गुप्रका अध्यक्ष क्याप्टेन रामेश्वर थापा हुन् ।

अन्नपूर्ण मिडिया गुप्र अन्र्तगतको टेलिभिजन एपीवानले सञ्चालन गदै आईरहेको नेपाल आइडल भने केही समयका लागि स्थगित भईसकेको छ । अर्काे मिडिया हाउस रिपब्लिका मिडिया गुप्र अन्र्तगत प्रकाशन हुदै आईरहेको नागरिक दैनिक र रिपब्लिका दैनिक पनि बन्द गर्ने तयारी छ । यसका अध्यक्ष विनोदराज ज्ञवाली छन् । उनले पनि पत्रिकामा कार्यरत पत्रकारहरुलाई अहिले घरबाटै काम गर्ने गरी ब्यवस्थापन मिलाएका छन् । आर्थिक रुपमा अन्य दैनिक भन्दा यो दैनिक कमजोर बन्दै गएको छ ।

सञ्चारकर्मी पत्रकारहरुले नियमित पारिश्रमिक नपाएको भन्दै गुनासो ब्यक्त भईरहेको छ । अर्काे दैनिक पत्रिका नयाँ पत्रिका नयाँ प्रकाशन गृहले सञ्चालन गदै आईरहेको छ । यसका सञ्चालक हुन् , कृष्णज्वाला देवकोटा । अन्य दैनिक पत्रिकाले आफ्ना पत्रकारहरुलाई घरबाटै काम गर्न केही दिन अगाडीबाट निर्देशन गरेपनि यो दैनिक पत्रिकाले भने बुधबार सम्म कर्मचारीहरुलाई कार्यलयमै उपस्थित गराई काम गराउदै आएको थियो ।

शुक्रवारबाट भने नयाँ पत्रिकाले पनि कर्मचारीलाई घर घरवाटै काम गर्ने गरी ब्यवस्थापन मिलाएको छ । पत्रिका बन्द गर्ने, नगर्ने विषयमा भने नयाँ पत्रिकाले केही बताईसकेको छैन । जगदम्वा प्रकाशन गृहले साप्ताहिक रुपमा प्रकाशन गदैं आएको हिमाल साप्ताहिक भने यस अगाडी नै बन्द भईसकेका छन् । अन्य साप्ताहिक पत्रिका पनि केही समय अगाडी देखि बन्द भएका छन् । 

पत्रकारलाई पारिश्रमिक नरोक : महासंघ
नेपाल पत्रकार महासंघले पत्रिका प्रकाशन जटिल अवस्थाका कारण बन्द गर्नुपर्ने अवस्था आएपनि त्यहाँ कार्यरत श्रमजीवि पत्रकारहरुको रोजीरोटी र पारिश्रमिकको सुनिश्चितता गर्न महासंघले आग्रह गरेको छ । 
विषम परिस्थितीमा सञ्चारकर्मीको रोजीरोटी खोस्ने र पारिश्रमिक दिनबाट वन्चित गरेर दैनिक जीवनयापनमा समस्या नपार्न महासंघले सञ्चारगृहलाई आग्रह् गरेको छ ।

प्रतिक्रिया दिनुहोस