काठमाडौँ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ वितरण नीति तथा प्रणाली लागू गरी सो व्यवस्था गरेको हो । त्यसका लागि बिक्रेताले उपभोक्ताको नाम, ठेगाना नागरिकता नम्बर र फोन नम्बरसहितको तथ्याङ्क राख्नुपर्नेछ । सो तथ्याङ्क जिल्ला प्रशासन कार्यालय वा निगमले अनुगमनका बेला वा जुनसुकै बेला पनि बिक्रेतासँग माग्न सक्नेछ ।
ग्यास उद्योगले डिलर बिक्री गरेको सिलिन्डरको परिमाण र डिलरले उपभोक्तालाई बिक्री गरेको परिमाण नियमित रूपमा परीक्षण गर्नुपर्नेछ । निगमका अनुसार ग्यास उद्योगले बिक्रेतालाई पठाउने ग्यास सिलिन्डरको परिमाण, बिक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बरलगायतका विवरण खुलाउनुपर्नेछ ।
निगमको स्वीकृतिबिना ग्यास बिक्री गर्न पाइने छैन । काठमाडौँ उपत्यकामा नेपाल आयल निगमको कार्यालय, निगमको स्थानीय कार्यालय भएको जिल्लामा सोही कार्यालयबाट र निगमको कार्यालय नभएको जिल्लामा जिल्ला प्रशासन कार्यालयको स्वीकृत लिएरमात्र बिक्री–वितरण गर्नुपर्नेछ ।
अर्को सूचना जारी नभएसम्मका लागि यही प्रक्रियामा ग्यास वितरण हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १३ चैत्र २०७६, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
रुपन्देहीमा ग्यास सिलिन्डर विस्फोट, युवकको मृत्यु
ग्यास सिलिन्डर पड्किँदा आगलागी
पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु