‘६० वर्षमाथीका रुघाखोकी लागेका सवैको कोरोना परिक्षण गरिने’

सफल खबर संवाददाता

बुधबार, १२ चैत्र २०७६, ०९ : ०५
‘६० वर्षमाथीका रुघाखोकी लागेका सवैको कोरोना परिक्षण गरिने’

काठमाडौं । तपाई वा तपाईको घरमा कसैको उमेर ६० वर्ष माथी छ ? उक्त उमेर समुहमा रहेका कसैलाई रुघाखोकी लागेको छ ?  भने त्यस्ता रुघाखोकी लागेकाहरुव्यक्तिलाई सरकारले कोरोना परिक्षण गर्ने भएको छ ।

विश्वब्यापी महामारीको रुप लिदै गएको कोरोना संक्रमण (कोभिड १९) ६० वर्ष उमेर माथीका बृद्धबृद्धामा सजिलै लाग्ने र रोग प्रतिरोधात्मक क्षमता यस्ता उमेर समुहका नागरिकमा कम हुने भएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

यसअघि विदेशबाट आएका, तिनका परिवार वा नजिकका व्यक्तिको मात्र कोरोना रहे÷नरहेको परीक्षण गर्ने गरिएकोमा सरकारले अब देखि कोरोना लक्षण मिलेका ६० वर्षभन्दा माथिका सबैको नमुना जाँच गर्ने निर्णय गरेको हो । त्यस्तो परिक्षण शुरु गरिसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयले गरेको पछिल्लो निर्णयका आधारमा ६० वर्षमाथीका उमेर समुहका नागरिकमा रुघाखोकी देखिएमा कोरोना परिक्षण शुरु गरिएको बताए ।

‘६० वर्ष उमेर नाघेका बिरामी, स्वास्थ्यकर्मी, दीर्घरोगी र सघन उपचार कक्षमा रहेकाको समेत कोरोना परीक्षण गर्न शुरु गरिएको छ, यो अनिवार्य देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले भने । 

प्रतिक्रिया दिनुहोस