कोरोना भाइरसको उत्पति भएको चीनको वुहान शहर सामान्य उन्मुख

सफल खबर संवाददाता

बुधबार, १२ चैत्र २०७६, ०८ : १३
कोरोना भाइरसको उत्पति भएको चीनको वुहान शहर सामान्य उन्मुख

एजेन्सी । हजारौंको ज्यान जाने गरि विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण मानिसमा पहिलोपटक देखिएको चीनको वुहान शहरबाट शुरु भएको हो । अहिले अन्य मुलुकहरु यसको संक्रमणबाट जोगिन विभिन्न उपायहरु अपनाउदैं गर्दा यो शहरको जनजीवन भने सामान्य उन्मुख भएको छ ।

अहिले पनि यहा लकडाउन नै घोषणा गरिएको छ भने तर संक्रमण न्यून ेदेखिदा यहांको जनजिवन सामान्य उन्मुख भएको हो ।  विश्वका अरु क्षेत्रमा संक्रमण तीव्र गतिमा फैलिरहेका बेला वुहान शहर भने महामारीको चोटबाट निको हुने क्रममा देखिएको हो । गएको डिसेम्बरमा हुबेई प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको संक्रमण फैलिन सुरु भएको थियो ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित वुहान शहर लामो समयदेखि लकडाउन छ । तर आउँदो अप्रिल ८ देखि वुहानको लकडाउन आंशिक रुपमा फुकुवा हुने सरकारी अधिकारीले बताएका छन् । हुबेई प्रान्तभर लाग्दै आएको यात्रा प्रतिबन्ध मंगलबार मध्यरातदेखि फुकुवा भएको छ । स्वस्थ मानिसलाई यात्रामा अब कुनै प्रतिबन्ध नलाग्ने जनाइएको छ ।

वुहानमा मंगलबार एकजना मात्रै कोराना भाइरसका नयाँ संक्रमित भेटिएका थिए । एक हप्तासम्म वुहानमा कोही पनि नयाँ संक्रमित भेटिएका थिएनन् । चीन सरकारले घोषणा गरेको लकडाउन पुर्ण पालना भएपछि यो शहर महामारीलाई जित्दै सामान्य तर्फ अगाडी बढेको छ । 

प्रतिक्रिया दिनुहोस