क्वारेन्टाइन तोडफोड गरी फरार ११ जना फेला

मंगलबार, ११ चैत्र २०७६, २३ : ०८
क्वारेन्टाइन तोडफोड गरी फरार ११ जना फेला

जाजरकोट । नेपालगञ्ज बहुमुखी क्याम्पसबाट सोमबार क्वारेन्टाइन तोडफोड गरी भागेकामध्ये ११ जना जाजरकोटमा पुगेको पाइएको छ ।

जिल्लाको भेरी नगरपालिका–११ मा ११ जना बेलुकी राति पुगेको नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो  ।

नगर प्रमुख घर्तीका अनुसार भागेर आउनेमा भेरी –११ का मदे लोहार, माया लोहार, केशरे लोहार, कुमारो लोहार, लीले खड्का, परवीर महतारालगायत छन्   । उनीहरु क्याम्पसबाट तोडफोड गरी फरार भएका थिए ।

भेरी नगरपालिकाबाहेक शिवालय जुनिचाँदेमा समेत उनीहरुमध्ये प्रवेश गरेको आशङ्का गरिएको छ ।  जानकारीमा आएका ११ जनालाई स्थानीय प्रशासन र नगरपालिकाको पहलमा क्वारेन्टाइनमा राख्नका लागि चाँजोपाँजो भएको छ । (रासस)