कोरोना त्रास

कतार एयरलाइन्सको विमानमा थिए १५८ जना

मंगलबार, ११ चैत्र २०७६, १८ : ३५
कतार एयरलाइन्सको विमानमा थिए १५८ जना

काठमाडौं । फ्रान्समा अध्ययनरत नेपाली युवती गत चैत ४ गते कतार एयरलाइन्समार्फत नेपाल आउँदा सो विमानमा १५८ जना रहेको खुलेको छ । 

ती युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै हल्लीखल्ली मच्चिरहेको बेला सो विमानमा आएकाहरु अहिले धमाधम सरकारी संयन्त्रको सम्पर्कमा आएका छन् । हालसम्म १२५ जना सम्पर्कमा आएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए । बाँकी अन्यसँग पनि सम्पर्कको प्रयास भइरहेको छ । 

ती युवतीसहित १५८ जना ‘क्यूआर ६५२’ विमानबाट आएको खुलेको छ । अहिले मन्त्रालयले उक्त विमानमा रहेका सबै १५८ यात्रुको विवरण प्रहरी प्रधान कार्यालय पठाएको छ भने सम्पर्कमा आएकाको स्वास्थ्य परीक्षणसहित आइसोलेसनमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस