कोरोना भाइरस

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक ९ सय नमुना परीक्षण गर्न सक्ने

सफल खबर संवाददाता

मंगलबार, ११ चैत्र २०७६, १६ : ३७
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक ९ सय नमुना परीक्षण गर्न सक्ने

फाईल फोटो

काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामी बढ्न थालेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक ९ सय नमुना परीक्षण गर्न सक्ने गरी क्षमता विस्तार गरेको छ । 

प्रयोगशालाले  ४ वटा ल्याब थप गरेको जनाएको छ ।  यसअघि प्रयोगशालामा एउटा ल्याबबाट मात्रै नमुना परीक्षण हुने गरेको थियो । अब ५ वटा ल्याब भएसँगै कार्यसम्पादन गर्न सहज हुने प्रयोगशालाले जनाएको छ । 

यसैबीच सोमबार संकलन भएका ५० नमुनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६० वटा नमुनाको परीक्षण भइरहेको छ । 

कोरोनाभाइरस कोभिड (१९)को आंशकामा हालसम्म ६ सय ६० वटा नमुना परीक्षण गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले  जनाएको छ ।