Safal Khabar - प्रदेश १ सरकारद्वारा कोरोना नियन्त्रणका लागि १० करोडको कोष स्थापना
बुधबार, २१ साउन २०७७ (Wednesday, 5 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
प्रदेश १ सरकारद्वारा कोरोना नियन्त्रणका लागि १० करोडको कोष स्थापना
मङ्गलबार, ११ चैत २०७६, १६ : २२
प्रदेश १ सरकारद्वारा कोरोना नियन्त्रणका लागि १० करोडको कोष स्थापना

विराटनगर । प्रदेश नं १ सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गरेको छ । 

उक्त कोषमा मुख्यमन्त्री शेरधन राईसहित अन्य मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने निर्णय पनि गरेको छ ।

 साथै सबै मन्त्रालयहरुमा एक जना अधिकृतस्तरको कर्मचारीलाई कोरोना फोकल पर्सनको रुपमा तोकी प्रत्येक दिन इन्फरमेशन डेक्समा कोरोना सम्बन्धी सूचनाहरु उपलब्ध गराइने भएको छ ।
मेस्सीले क्लबबाट पाउने तलब, बोनस र विभिन्न विज्ञापन खेलेर उक्त रकम कमाउने गरेका हुन् । मेस्सीको कमाई गत बर्षको भन्दा एक मिलियन युरो बढी छ ।

Yeti Diistillery
Tansen Cement box

मेस्सी पछि सर्वाधिक कमाउने दोस्रो खेलाडीमा पोर्चुगल एवं युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डोको बार्षिक कमाई एक सय १८ मिलियन युरो रहेको छ । रोनाल्डोको आम्दानी गतबर्ष भन्दा पाँच मिलियन युरो बढी हो ।

यसैगरी तेस्रो स्थानमा रहेको ब्राजिलियन एवं पीएसजीका स्टार नेयमारको कमाई बार्षिक ९५ मिलियन युरो छ । चौथा स्थानमा रहेका ग्यारेथ बेल, पाँचौ स्थानमा रहेका एन्टोइन ग्रीजम्यान र छैटौं स्थानमा आसिन इडेन हाजार्डको कमाई समान ३८ मिलियन युरो छ ।

सातौं स्थानमा रहेका आन्द्रेय इनिस्टाको ३४ मिलियन, आठौं स्थानमा रहेका रहिम स्ट्र«लिङको कमाई ३३ मिलियन, नवौं स्थानमा रहेको रोबर्ट लेवान्डोस्कीको २९ मिलियन र १०औं स्थानमा रहेका केलियन एमबाप्पेको कमाई २७ मिलियन युरो रहेको छ ।

प्रतिक्रिया दिनुहोस