कोरोनाको त्रासः कोरोना संक्रमित पुष्टि भएकी युवतीसँगै नेपाल आएपछि...

सफल खबर संवाददाता

मंगलबार, ११ चैत्र २०७६, १५ : ४७
कोरोनाको त्रासः कोरोना संक्रमित पुष्टि भएकी युवतीसँगै नेपाल आएपछि...

फाईल फोटो

काठमाडौं । चैत ४ मा कतार एयरलाइन्सको विमानमार्फत नेपाली आएकी युवतीमा कोरोना भाइरस पुष्टि भएपछि त्यस विमानमा आएका अन्य अन्यमा पनि त्रास छाएको छ । 

सोही विमानमार्फत नेपाल आएर उदरपुर पुगेका दुई युवामा अहिले ज्वरोलगायतको समस्या देखिएको छ । नेपाल आएपछि होम क्वारेन्टाइनमा नबसेका उनीहरुलाई अहिले ज्वरो बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले जानकारी दिए । 

उनले यसबारेमा  प्रदेश १ का मुख्यमन्त्रीका स्वकीय सचिव, आन्तरिक मामिला मन्त्रालय, स्वास्थ मन्त्रालय, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र  उदयपुरका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको भएपनि सबैले एकले अर्कोलाई जिम्मा दिएको भनेर पन्छिएको गुनासो गरे । 

अहिले नगरपालिकाकै पहलमा ‘होम क्वारेनटाइन’ मा राख्ने तयारी थालिएको मेयर थापाले बताए । यस्तै प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले पनि उनीहरुलाई घरमै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको बताए।

प्रतिक्रिया दिनुहोस