महेन्द्रनगरको गौरीफन्टा नाकामा प्रहरी र घर फर्कन खोज्नेहरु बिच झड्प

सफल खबर संवाददाता

मंगलबार, ११ चैत्र २०७६, १० : ३५
महेन्द्रनगरको गौरीफन्टा नाकामा प्रहरी र घर फर्कन खोज्नेहरु बिच झड्प

काठमाडौं । कोरोना संक्रमणको जोखिम रोक्नका लागि सरकारले नेपालको सीमा जोडिएका दुवै देश तर्फका सीमा नाका बन्द गर्दै पूरै देश नै लकडाउन गरिरहेका बेला महेन्द्रनगरको गौरीफन्टा नाकामा झड्प भएको छ ।

भारतबाट स्वदेश फर्किन हुलका हुल आएका नेपालीहरु र प्रहरीका बीचमा झडप भएको हो । भारतबाट आएका नेपालीहरुले जर्बजस्ती नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । सरकारले परिचय खुल्ने परिचयपत्र र स्वदेश फर्केपछि १४ दिन क्वारेन्टाइनमा बस्ने भएपछि मात्र प्रवेश दिने नीति बनाएपनि जर्बजस्ती उनीहरु आज बिहान नेपाल प्रवेश गर्न खोजेपछि झड्प भएको हो ।

जिल्ला प्रशासन कार्यालयले सोमबार दिउँसो २ बजे देखि नै जिल्ला प्रवेशमा समेत निषेधाज्ञा लगाएपछि तीन सय नेपालीहरु गौरीफान्टा नाकामा रोकिएका हुन् । नेपाल प्रवेश गर्न खोज्नेहरु मध्येबाट केहीले ढुंगामुढा नै गरेपछि त्यहाँ झडपको स्थिती बनेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले टेलिफोन मार्फत जानकारी दिए ।

झडप पछि अहिले गौरीफन्टा नाकामा बाक्लो संख्यामा नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन गरिएको पनि उनले बताए । प्रहरीले भने परिचय खुल्ने कागजात र क्वारेन्टाइनमा बस्ने गरी रोकिएकाहरुलाई घरसम्म पु¥याउने गरी ब्यवस्थापनमा लागेको भन्दै संयमित हुन आग्रह गरेको छ । जिल्लागत विवरण माग गरेर त्यसको प्रयास भईरहेको जोशीले बताए । 
 

प्रतिक्रिया दिनुहोस