काठमाडौँ भित्रिने मुख्य नाका बन्द

पत्रपत्रिकाबाट

मंगलबार, ११ चैत्र २०७६, ०८ : ०६
काठमाडौँ भित्रिने मुख्य नाका बन्द

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका बन्द गरिएको छ ।

कोरोनाको सङ्क्रमण फैलिन नदिन जिल्ला र सहर सुरक्षित गर्ने नीति अन्तर्गत काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य सात नाका बन्द गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । चैत २१ सम्मका लागि नाका बन्द गरिएको हो ।

महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले कोरोना सङ्क्रमण फैलिन नदिन नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा जान नदिने उद्देश्यसहित सोमबार बिहान ७ बजेदेखि काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य सात नाका बन्द गरिएको जानकारी दिए ।

उनका अनुसार नागढुङ्गा, फर्पिङ, जगाते, साँखु, मड्कुभञ्ज्याङ, बालाजु बाइपास नाका बन्द गरिएको हो । अत्यावश्यक सेवाका सवारीसाधन बन्द गरिएका नाकाबाट सञ्चालन गर्न पाउने उनले स्पष्ट पारे । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस