अनलाइनबाटै विद्युत् महसुल भुक्तानी गर्न अपिल

पत्रपत्रिकाबाट

मंगलबार, ११ चैत्र २०७६, ०८ : ०३
अनलाइनबाटै विद्युत् महसुल भुक्तानी गर्न अपिल

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको जोखिम कम नभएसम्म अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्न ग्राहकलाई अपिल गरेको छ ।

यसरी भुक्तान गर्न नसकेको अवस्थामा थप जरिवाना वा सेवा अवरुद्ध नगरिनेसमेत निर्णय गरिएको छ । महसुल काउन्टरमा हुने भीडभाडका कारण सङ्क्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था मिलाउन लागिएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा सोमबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

महसुल काउन्टरमा भीडभाड हुने भएकाले कोभिड–१९ को सङ्क्रमण उच्च हुने ठानेर अनलाइन प्रणालीमार्फत महसुल भुक्तानी गर्न आमग्राहकमा अपिल गर्दछु, मन्त्री पुनले इन्टरनेटको उपलब्धता नभएको वा अन्य कारणले महसुल भुक्तानी गर्न नसक्ने ग्राहकको सेवा अवरुद्ध गरिने छैन र जरिवाना पनि लिइने छैन भन्नुभयो ।गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस