कोरोनाको आशंकामा तीन जना बालक कान्ति बाल अस्पतालको आइसोलेसनमा

सफल खबर संवाददाता

सोमबार, १० चैत्र २०७६, १८ : १३
कोरोनाको आशंकामा तीन जना बालक कान्ति बाल अस्पतालको आइसोलेसनमा

काठमाडौं । कोरोना भाइरसको आशंकामा कान्ति बाल अस्पतालमा तीन जना बालक आइसोलेसन वार्डमा भर्ना गरिएका छन्।

सोमबार दुईजना र आइतबार एकजना बालक आइोलेसन वार्डमा भर्ना भएको अस्पतालले जनाएको छ। उनीहरु चीन, भारत र कतारबाट फर्किएको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनीहरुमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएकाले भर्ना गरेर राखिएको उनले बताए। एक जनाको सोमबार बेलुकी र दुईजनाको मंगलबार मात्र रिपोर्ट आउने अस्पताले जनाएको छ।

यसअघि कोरोनाको आशंकामा अस्पतालमा तीन जना भर्ना भएका थिए । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो।

प्रतिक्रिया दिनुहोस