कोरोनाको त्रासः दैनिक हजारौंको संख्यामा आ–आफ्नो गाँउ फर्किदै !

पत्रपत्रिकाबाट

सोमबार, १० चैत्र २०७६, ०७ : १४
कोरोनाको त्रासः दैनिक हजारौंको संख्यामा आ–आफ्नो गाँउ फर्किदै  !

सिन्धुपाल्चोक । विश्वभर फैलीएको कोरोनाको त्रासाका कारण राजधानी छाड्नेको संख्या बढेको छ। यतिबेला राजधानीबाट आफ्नै गाउँ फर्केनेको सख्या ह्वातै बढेको छ । अरनिको राजमार्ग हुदै राजधानी पुर्वका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङगा जाने यात्रीहरुको चापले यात्रु बसहरु खचाखच छन् ।

यात्रु बसमा मात्रै होइन निजी सवारी साधन र ट्याक्सी रिर्जभ गरेर घर फर्कनेहरुको संख्या समेत धेरै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए । राजधानीमा विभिन्न पेशा व्यावसाय गर्दे आएकाहरु दशैं तिहारलगायतका ठुला चाडपर्वहरुमा मात्रै घर फर्केन गरेपनि कोरोनाको त्रासका कारण यो पटक घर फर्कनेहरु चाडपर्वहरुमा भन्दा बढी रहेको प्रहरीले जानकारी दिएको छ ।

राजधानी पुर्वका जिल्लाहरुमा यातयात सञ्चालन गर्दे आएको पुर्व अरनिको यातायात कम्पनीका अनुसार केही दिनदेखि राजधानी पुर्व जाने यात्रुहरु बढेको पुर्व अरनिको यातयात कम्पनीका अध्यक्ष चित्र कुवँरले जानकारी दिए । यो रुटमा यसअघि दैनिक १ सय ५० मात्रै यात्रुबहाक बस सञ्चालन हुने गरेपनि विगत केही दिनदेखि नियमित क्युका भन्दा बाहेक बसहरु थप गरेर घर जाने यात्रुहरु गन्तव्यमा लगिदिने गरेको अध्यक्ष कुवँरले जानकारी दिए । पुर्व अरनिको यातयातका मात्रै अहिले दैनिक ३ सय बसहरु राजधानी पुर्वका विभिन्न रुटहरुमा सञ्चालन भइरहेको अध्यक्ष कुवँरले जानकारी दिए ।

जिल्ला ट्राफीक प्रहरी कार्यालयका अनुसार अरनिको राजमार्ग र सहायक मार्ग हुदै केही दिनदेखि दैनिक १२ हजार बढी घर फर्किरहेका छन् । सोमबारदेखि सरकारले लामो रुटहरुमा यात्रुबस सञ्चालन नगर्ने सूचना जारी गरेपछि आइतबार यो मार्ग हुँदै घर फर्केनेहरु अझै धेरै भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

राजधानीमा बढी भिडभाड, दैनिक उपभोग्य सामग्रीहरुको समेत अभाव हुन थालेपछि आफुहरु सुरक्षित हुनका लागि गाउँ फर्र्किएको राजधानीबाट गाउँ आएकाहरुले बताउन थालेका छन् । मुख्य राजमार्गहरुमा छतमा यात्रु नबसे पनि गाउँ भित्रने साना सडकहरु हुँदै सञ्चालन हुने यात्रु बसमा भने छतभरी यात्रुहरु राखेर सञ्चालन भइरहेको छ । छतमा यात्रु राख्न नचाहे पनि बाध्यताका कारण राखेको बस चालकहरुले बताएका छन् । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस