काठमाडौं। ‘ज्यान रहे ज्ञान बाँढ्ने’ भन्दै काठमाडौं महानगरभित्र कार्यरत शिक्षकहरुका लागि ७ बुँदे जारी गरिएको छ । शुक्रबार चार शिक्षक संगठनहरु नेवाः स्यनामि, ए। अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षकका अध्यक्षले संयुक्त रुपमा ७ बुँदे अपील जारी गर्दै विद्यालयमा एकै समयमा सम्पूर्ण शिक्षक भेला भइ संयुक्त रुपमा बस्न सक्ने अवस्था नरहेको उल्लेख गरिएको छ ।
यस्तो अवस्थामा सुरक्षित तबरले उत्तर पुस्तिका परीक्षक र नतिजा प्रकाशनलाई सहज र सहजीकरण गर्न, १ मिटर दूरीमा रही स्वास्थ्य लाभ गर्नु भन्ने निर्देशन पालना गराउन, महानगरभित्रका पर्यटकीय आवागमन हुने क्षेत्रमा सर्तक रहन, मौसमी भाइरलको संक्रमण अधिक रहने भएकाले सर्तक रहन, विद्यालय प्रशानलाई आवश्यक पर्ने अत्यावश्यकीय कार्यमा सहयोग गर्न, भाइरससम्बन्धी जनचेतना जगाउन शिक्षकहरुलाई अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ
राहत शिक्षकहरूले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ
नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले सरकारसँग ९ बुँदे सहमतिपछि के भने ?
शिक्षा मन्त्रालय र शिक्षकबीच सहमति