निर्भया सामूहिक बलात्कारका चारै अभियुक्तलाई फासी दिईयो

शुक्रबार, ०७ चैत्र २०७६, ०७ : ०९
निर्भया सामूहिक बलात्कारका चारै अभियुक्तलाई फासी दिईयो

ऐजेन्सी । निर्भया सामूहिक बलात्कारका चार जनै अभियुक्तलाई शुक्रबार बिहान फासी दिइएको भारत सरकारले जनाएको छ ।

मृत्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन् । दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो ।

सन् २०१२ डिसेम्बर १६ तारिखको राती निर्भयामाथि सामूहिक बलात्कार गरिएको थियो । सात वर्ष, तीन महिना र चार दिनपछि मुकेश, अक्षय, विनय र पवनलाई मृत्युदण्ड दिइएको हो । 

बिहिबार रातभरि नै यो मुद्धालाई लिएर उच्च अदालत र सर्वोच्च अदालतमा बहस भएको थियो । 

प्रतिक्रिया दिनुहोस