मनकामना केबुलकार शनिबारदेखि चैत ३० गतेसम्म बन्द हुने

सफल खबर संवाददाता

विहीबार, ०६ चैत्र २०७६, १७ : ०३
मनकामना केबुलकार शनिबारदेखि चैत ३० गतेसम्म बन्द हुने

चितवन । कुरिनटारस्थित मनकामना केबुलकार कोरोना भाइरसको संक्रमण नफैलियोस् भनी शनिबारदेखि चैत ३० गतेसम्म बन्द हुने भएको छ ।

कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउन शनिबारदेखि मनकामना केवलकार बन्द हुने भएको हो।

कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले सरकारको निर्णयलाई सहयोग पुर्याउन शनिबारदेखि केवलकार बन्द गर्न लागेको बताउँदै चैत ३० गतेबाट मात्रै संचालनमा ल्याउने निर्णय भएको बताए ।

‘हामीले सामाजिक व्यवसायिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै केवलकार संचालन गर्दै आएका थियौं’ उनले भने, ‘हामीले ह्यान्ड स्यानिटाइजर र एक जना अहेबलाईनै राखेर ज्वरो जाँच लगायतको काम गर्दै आएका थियौं। तर अब सरकारलेनै अत्यावश्यक वाहेक वाहिर ननिस्किन आग्रह गरेपछि सेवा बन्दको निर्णय गरेका हौं। संकटपूर्ण अवस्थामा नाफा मात्रै हेर्नुहुँदैन भन्ने हाम्रो मान्यता हो।’

प्रतिक्रिया दिनुहोस