अमेरिकी ३ पत्रकारलाई चीनमा काम गर्न प्रतिबन्ध

बुधबार, ०५ चैत्र २०७६, २१ : ५३
अमेरिकी ३ पत्रकारलाई चीनमा काम गर्न प्रतिबन्ध

बेइजिङ । अमेरिकामा केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएपछि प्रत्युत्तरमा चीनले तीन अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारहरूलाई आफ्नो मुलुकमा प्रतिबन्ध लगाउने निर्णय बुधबार गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले द न्यूयोर्क टाइम्स, द वाशिङ्टन पोस्ट र द वाल स्ट्रीट जर्नलका पत्रकारहरूलाई उनीहरूसँग रहेको सञ्चारकर्मीको अनुमतिपत्र १० दिन भित्र फिर्ता गर्न निर्देशन दिएको छ । मन्त्रालयले चीनमा उनीहरूको गतिविधिबारे पनि सूचना माग गरेको छ ।

उक्त कदम अमेरिकामा ‘चिनियाँ सञ्चारमाध्यममाथि लगाइएको अनावश्यक प्रतिबन्धहरूको” प्रतिक्रिया भएको चिनियाँ विदेश मन्त्रालयले बताएको छ ।

चीनका अर्धस्वायत्त क्षेत्र हङ्कङ र मकाउमा समेत ती अमेरिकी पत्रिकाका पत्रकारले काम गर्न नपाउनेगरी मन्त्रालयले प्रतिबन्ध लगाएको छ । सिन्ह्वा