ऐजन्सी । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकाको सबै राज्यमा फैलिएको छ । वेष्ट भर्जि्नियामा मंगलबार एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि अमेरिकाको ५० वटै राज्यमा कोरोनाको संक्रमण फैलिएको हो ।
अमेरिकामा अहिलेसम्म झण्डै ६ हजार जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । अहिलेसम्म कोरोना भाइरसका कारण अमेरिकामा १०५ जनाको मृत्यु समेत भईसकेको छ । विश्वभर अहिलेसम्म झण्डै दुई लाखजनामा कोरोनाको संक्रमण भएको छ । त्यसमध्ये झण्डै ८ हजार जनाको मृत्यु भएको छ ।
अमेरिकामा संक्रमण फैलिँदै गएपछि त्यसलाई रोक्नका लागि बजार बन्दसहित भिडभाड नियन्त्रण गर्ने प्रयास शुरु भएको छ । कोरोना भाइरस विरुद्धको अभियानका लागि अमेरिकी सैनिक पनि तयारी अवस्थामा रहेको जनाइएको छ । कुनै पनि राज्यका गर्भनरले आग्रह गरेमा कोरोना भाइरसको संक्रमण फैलिएको क्षेत्रमा सेनाले अस्पताल स्थापना गरी सेवा प्रदान गर्न सक्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै