प्रदेश २ को तेस्रो प्रस्ताव मध्य मधेस प्रदेश पनि अस्वीकृत, मधेस प्रदेशको प्रस्तावमा मतदान हुँदै

सफल खबर संवाददाता

मंगलबार, ०४ चैत्र २०७६, १८ : २४
प्रदेश २ को तेस्रो प्रस्ताव मध्य मधेस प्रदेश पनि अस्वीकृत, मधेस प्रदेशको प्रस्तावमा मतदान हुँदै

जनकपुर । प्रदेश–२ को नामकरणका लागि मंगलबार तेस्रो प्रस्ताव मध्य मधेस प्रदेशको पक्षमा ४२ मत परेको छ । यो सँगै यो प्रस्ताव पनि अस्वीकृत भएको छ । 

मध्यप्रदेशको विपक्षमा ६५ मत खसेको छ । अब मधेस प्रदेशको प्रस्तावमा मतदान हुँदैछ । यसअघि मिथिला–भोजपुराको पक्षमा २८ मत खसेको थियो  भने विपक्षमा ७९ मत खसेको थियो ।

नेकपाले गरेको जानकी प्रदेशको प्रस्ताव पनि अस्वीकृत भएको थियो । जानकी प्रदेशको पक्षमा ३७ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको थियो । 

प्रतिक्रिया दिनुहोस