पद्मोदय खुल्ला नकआउट पुरुष भलिवल प्रतियोगिता सुरु

सफल खबर संवाददाता

शुक्रबार, ३० फागुन २०७६, १६ : ०२
पद्मोदय खुल्ला नकआउट पुरुष भलिवल प्रतियोगिता सुरु

चितवन । पद्मोदय युवा क्लव पटिहानीको आयोजनामा  ‘पद्मोदय खुल्ला नकआउट पुरुष भलिवल प्रतियोगिता–२०७६’ आजबाट सुरु भएको छ । 

प्रतियोगिता फागुन ११ गतेसम्म भरतपुर महानगरपालिका–२२ पदमपोखरीमा हुनेछ ।  प्रतियोगितामा चितवनका १४ वटा टिमले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताको विजेताले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने द्धितीय हुने टिमले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनलबाट बाहिरिने दुवै टिमलाई सान्त्वना पुरस्कार स्वरुप १० र १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस