एजेन्सी । पाकिस्तानमा बुधबार एउटा लडाकु विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।
पाकिस्तानी वायुसेनाको ‘एफ–१६’ जेट बुधबार आसन्न सैन्य परेडका लागि अभ्यास गर्ने क्रममा दुर्घटना भएको हो । पाकिस्तानको राजधानी इस्लामावाद नजिकै अभ्यास गरिरहेको समयमा उक्त लडाकु विमान दुर्घटना भएको हो ।
पाकिस्तानका राष्ट्रपति अफिफ अल्वीले उक्त दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । उनले मृतक पाइलटको परिवारजनप्रति समवेदनासमेत प्रकट गरेका छन् ।
समाचार एजेन्सी ‘एसोसिएटेड प्रेस’ले जनाएअनुसार विङ्ग कमाण्डर नुमन अक्रमको उक्त दुर्घटनामा मृत्यु भएको हो ।
अभ्यासका क्रममा उक्त विमान एक्कासी जमिनमा खस्न पुगेको थियो ।
पाकिस्तानी वायुसेनाले जनाएअनुसार अमेरिकामा निर्मित उक्त एफ–१६ विमान मार्च २३ मा हुने सैन्य परेडको हिस्सा हुने क्रममा अभ्यासमा थियो । वायुसेनाको मुख्यालयले दुर्घटनाको बारेमा छानविन गर्न आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त, २९ जनाको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु