एजेन्सी । पाकिस्तानमा बुधबार एउटा लडाकु विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।
पाकिस्तानी वायुसेनाको ‘एफ–१६’ जेट बुधबार आसन्न सैन्य परेडका लागि अभ्यास गर्ने क्रममा दुर्घटना भएको हो । पाकिस्तानको राजधानी इस्लामावाद नजिकै अभ्यास गरिरहेको समयमा उक्त लडाकु विमान दुर्घटना भएको हो ।
पाकिस्तानका राष्ट्रपति अफिफ अल्वीले उक्त दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । उनले मृतक पाइलटको परिवारजनप्रति समवेदनासमेत प्रकट गरेका छन् ।
समाचार एजेन्सी ‘एसोसिएटेड प्रेस’ले जनाएअनुसार विङ्ग कमाण्डर नुमन अक्रमको उक्त दुर्घटनामा मृत्यु भएको हो ।
अभ्यासका क्रममा उक्त विमान एक्कासी जमिनमा खस्न पुगेको थियो ।
पाकिस्तानी वायुसेनाले जनाएअनुसार अमेरिकामा निर्मित उक्त एफ–१६ विमान मार्च २३ मा हुने सैन्य परेडको हिस्सा हुने क्रममा अभ्यासमा थियो । वायुसेनाको मुख्यालयले दुर्घटनाको बारेमा छानविन गर्न आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आकाशमै टायर पड्किएपछि विमानको आकस्मिक अवतरण
अमेरिकी आकाशमा फेरि ठोक्किए दुई विमान, २ जनाको मृत्यु
क्यानडामा ८० जना सवार विमान अवतरण गर्ने क्रममा पल्टियो
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता
कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरलाइन्सको विमान मस्कटमा आकस्मिक अवतरण
क्यालिफोर्नियामा सानो विमान एउटा भवनको छतमा ठोक्कियो, २ जनाको मृत्यु