कोरोना भाइरसको केन्द्रबिन्दु ऊहान पुगे चिनियाँ राष्ट्रपति सि

मंगलबार, २७ फागुन २०७६, १३ : १२
कोरोना भाइरसको केन्द्रबिन्दु ऊहान पुगे चिनियाँ राष्ट्रपति सि

एजेन्सी । चिनियाँ राष्ट्रपति सि जिनपिङ कोरोना भाइरसको केन्द्रबिन्दु मानिएको ऊहान शहर पुगेका छन् । 

उनले ऊहानमा कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मी, पार्टीका अधिकारी, सैनिक कमाण्डर, सामाजिक कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम छ ।

हप्तौं अघिदेखि ‘लकडाउन’ गरिएको उक्त क्षेत्रमा हजारौं संक्रमित छन् भने सयौंको मृत्यु भइसकेको छ । कोरोना भाइरसको ठूलो संकट व्यवहोरेको चीनले पछिल्ला दिनमा भाइरस नियन्त्रणमा ठूलो सफलता पाएको छ । सिको उक्त भ्रमणले त्यही सफलता दर्साउँछ ।

दुई महिना अघि कोरोना भाइरसको संक्रमण देखिएपछि सि पहिलो पटक ऊहान पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस