साउदी जाने नेपाली कामदार फर्काइए

मंगलबार, २७ फागुन २०७६, ०७ : ४९
साउदी जाने नेपाली कामदार फर्काइए

काठमाडौं । नेपालीको प्रमुख गन्तव्य रहेको साउदी अरबमा जाने कामदार सोमबार त्रिभुवन विमानस्थलबाट उड्न पाएनन् । 

फ्लाई दुबई र एयर अरेबियामार्फत् साउदी जाने यात्रुलाई काठमाडौंमा रोकिएको हो । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले  दुई जनालाई फ्लाई दुबईले फिर्ता गरेको बताए । 

यता यूएईको स्वास्थ्य तथा सुरक्षा मन्त्रालयका अनुसार ५९ जनामा संक्रमण भेटिएको छ । जसमा दुई नेपालीसमेत छन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस