पहाडी गाउँमा निःशुल्क स्वास्थ्य शिविर

सफल खबर संवाददाता

विहीबार, २२ फागुन २०७६, १७ : ५०
पहाडी गाउँमा निःशुल्क स्वास्थ्य शिविर

बुलिङटार । नवलपरासी जिल्लाको पहाडी क्षेत्र, बुलिङटार गाउंँपालिका वडा नम्बर १ कोटथर र २ भाङबारीका बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । 

बुलिङटार गाउंँपालिका नवलपरासी र गंगा स्वास्थ्य दर्पण फाउण्डेशन नेपालको संयुक्त आयोजनामा सम्पन्न शिविरमा मुटुरोग, मेरुदण्ड ,हाडजोर्नी तथा नशारोग र महिलारोग सम्बन्धीे उपचार गरिएको गंगा फाउण्डेशनका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार २ दिन सञ्चालित सो शिविरमा मुटुरोगका १ सय ४० जना ,हाडजोर्नीका २ सय १९ जना र बाँकी महिलारोगका १ सय ३१ जना सहित ४ सय ९० जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनोजकुमार श्रेष्ठका अनुसार हार्ट फेलर,बाथ मुटुरोग, धेरै जनामा उच्च रक्तचापको समस्या देखा परेको बताउनु भयो । त्यस्तै हाडजोर्नी रोग विशेषज्ञ डा.विश्वराज अधिकारीले बिरामीमा मेरुदण्ड खिइएको, ढाडको नशा च्यापिएको ,युरीक एसीड, कुमको जोर्नी जामको समस्या बाट पिडित बिरामी बढी देखिएको बताउनु भयो । चिकित्सकका अनुसार ५ जना महिलाहरुमा आङ खसेको समस्या र धेरै जसो बिरामी सेतो पानी बग्ने समस्याबाट पिडित रहेको उपचारमा संलग्न चिकित्सहरुले जानकारी दिनुभयो । 

शिविरमा कलेज अफ मेडिकल साईन्सेसका वरिष्ठ मुटुरोग शिेषज्ञ मनोजकुमार श्रेष्ठ ,भरतपुर अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा.विश्वराज अधिकारी ,डा. उडय दिवाकर र डा. सिर्जना न्यौपाने लगायतको चिकित्सकीय टोलीले सेवा दिएका थिए । शिविरमा मुटुको ईकोकार्डियोगा्रफी सेवा प्रदान गरीएको थियो । शिविरमा प्राविधिक सहयोग मौलाकालिका अस्पताल प्रा.लि.भरतपुर, कलेज अफ मेडिकल साईन्सेस भरतपुर र बिरामीका लागि आवश्यक औषधि भेगा फर्मास्युटिकल्स प्रा.लि. काठमाडौले सहयोग गरेको थियो । 

कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले गंगा फाउन्डेशन संग बुलिङटार गाउँपालिकाले स्वास्थ्य कार्यक्रमलाई यसरी हातेमालो गरी सबै वडामा संञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । कार्यक्रमकी प्रमुख अतिथि गाउंँपालिकाकी उपाध्यक्ष मैना वि.क.ले यसखाले शिविरबाट बिरामिहरु घरबाट स्थानिय स्वास्थ्य संस्था हुदै थप उपचारका लागी आवश्यक भएमा सहरमा रहेका सुविधा सम्पन्न अस्पतालहरुमा जानका लागी कोसेढुङ्गा साबित हुने बताउनु भयो । 

शिविरमा कोटथर स्वास्थ्य चौकीका ईन्चार्ज रामकुमार महत्तो र डाडाँझेरी स्वास्थ्य चौकीका ईन्चार्ज ऋषिकान्त रानाभाटले स्वागत मन्तव्य राखेको कार्यक्रममा गाउंँपालिका वडा नम्बर १ का अध्यक्ष दिलबहादुर सुर्यवंशी र वडा नम्बर २ का अध्यक्ष प्रेमबहादुर थापा मगरको सभापतित्वमा सम्पन्न भएको थियो । गाउंँपालिकाका बाँकी ५ र ६ नम्बर वडामा चैत महिनाभित्र शिविरको आयोजना गर्ने फाउण्डेसनका अध्यक्ष श्रेष्ठको भनाई छ । 

प्रतिक्रिया दिनुहोस