ओलीलाई भेटेर प्रचण्डले भने–'पार्टीको चिन्ता लिनु पर्दैन'

मंगलबार, २० फागुन २०७६, २२ : २४
ओलीलाई भेटेर प्रचण्डले भने–'पार्टीको चिन्ता लिनु पर्दैन'

file photo

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको आज साँझ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेटी स्वास्थ्यस्थिति बारे जानकारी लिएका छन् ।

सो क्रममा अध्यक्ष प्रचण्डले स्वास्थ्योपचारमा सम्लग्न चिकित्सकहरुसँग परामर्श पनि गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पार्टीको कुनै पनि चिन्ता नलिन आग्रह गरे । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि उच्च मनोबलमा रहेको आफूले पाएको अध्यक्ष प्रचण्डले बताए ।

प्रधानमन्त्री ओलीले पनि आफू प्रत्यारोपणका लागि पूर्णरुपमा तयार गरेको अध्यक्ष प्रचण्डसँग बताएका थिए । सो क्रममा प्रधानमन्त्री ओलीको विगतमा भएको एपेण्डिसाइटको शल्यक्रियाको कुनै असर नरहेको उपचारमा सम्लग्न चिकित्सकहरुले अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।

अध्यक्ष प्रचण्डले भोलि बिहान ९ बजे हुने मिर्गौला प्रत्यारोपणको लागि विदेशी चिकित्सकहरु समेत सम्लग्न रहने जानकारी पाएको बताए ।।

प्रतिक्रिया दिनुहोस