काठमाडौं । सांसद शेरबहादुर तामाङले गाँजा खेतीको नियमन र व्यवस्थापन गर्न बनेको विधेयक ल्याउन लागेका छन् ।
तामाङले पेश गर्न लागेको उक्त विधेयक संविधान जारी भएपछिकै पहिले गैरसरकारी विधेयक हो । संसदमा सामान्यतयाः सरकारले नै विधेयकहरु ल्याउने प्रावधान भए पनि सांसदहरुलाई सोझै विधेयक ल्याउने अधिकार पनि हुन्छ ।
सोही अधिकारलाई प्रयोग गर्दै पूर्व कानूनमन्त्रीसमेत रहेका तामाङले सो विधेयक ल्याउन लागेका हुन् । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको विधेयक शाखामा आज सोमबार सांसद तामाङले उक्त विधेयक दर्ता गर्न लागेका हुन् ।
अहिले नेपालमा गाँजाको खेती तथा कारोबार प्रतिबन्धित छ । नेपालमा प्रतिबन्धित गाँजा अन्य विभिन्न देशहरुमा भने कानूनी रुपमा खरिदबिक्री हुन्छ । गाँजामा ४०० भन्दा बढी तत्त्व पाइन्छन् जुन क्यान्सर लगायतका विभिन्न रोगहरुको उपचारमा समेत प्रयोग हुन्छ । त्यही कारण यसलाई खुला गर्न र त्यसको नियमन र व्यवस्थापन गर्न यस्तो विधेयक ल्याउनुपरेको सांसद तामाङले बताए ।
संसदमा गैरसरकारी विधेयक विरलै मात्र आउँछ । यसअघि सांसद विजय सुब्बाले आईएलओ सम्बधी विधेयक संसदमा प्रस्तुत गरेका थिए जसलाई पछि सरकारी विधेयकको मान्यता दिएको थियो । सो विधेयकपछि हालसम्म अन्य दुईओटा विधेयक आएका थिए । आज प्रस्तुत गर्न लागिएको विधेयक चौथो गैरसरकारी विधेयक भएको सांसद तामाङले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०७६, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो