शान्ति सेनामा पठाउने भन्दै पैसा असुल्ने फरार प्रतिवादी पक्राउ

पत्रपत्रिकाबाट

सोमबार, १९ फागुन २०७६, ०८ : २२
शान्ति सेनामा पठाउने भन्दै पैसा असुल्ने फरार प्रतिवादी पक्राउ

काठमाडौं । राष्ट्रिय अनुशन्धानमा जागिर लगाइदिन्छु र शान्ति सेनामा पठाइदिन्छु भन्दै ठगी कार्यमा संम्लन्नहुँदै आएको र ठगी मुद्धामा उच्च अदालत पाटनले दुई महिना कैद र दुईलाख ५० हजार जरिवाना तोकेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका टोलीले ठगी मुद्दामा उच्च अदालत पाटनले दुई महिना कैद र दुईलाख ५० हजार जरिवाना तोकेका फरार प्रतिवादीलाई पक्राउ गरेको हाे ।

महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ बस्ने रमेश बडुलाई ठगी मुद्दामा कैद फैसला भएकाले अदालतको फैसला कार्यान्वयन गर्न पक्राउ गरेको बताउनुभयो । ललितपुरको नख्खु क्षेत्रमा लुकेर बसेको सूचनाको आधारमा प्रहरीले बडुलाई पक्राउ गरेको हो । पक्राउ गरिएका बडुलाई प्रहरीले आइतबारनै जिल्ला अदालत काठमाडौंमा हाजिर गराएको छ ।

पक्राउ परेका प्रतिवादीले नेपाली सेनाको अहरी दमन सिंहदरबार गणमा कार्यरत सिपाही भीमबहादुर भण्डारीलाई आफूले रक्षा सचिव चिनेको छु शान्ति सेनामा पठाउने विश्वासमा पारेर दुर्इ लाख ५० हजार बैंकमा जम्मा गर्न लगाएर ठगी गरेको आरोपमा महाशाखाको टोलीले २०७३ साल वैशाक २१ गते पक्राउ गरेको थियो ।

उनले यसअघि समेत राष्ट्रिय अनुशन्धानमा जागिर लगाइदिने भन्दै २४ लाख समेत ठगी गरेको बुझिएको प्रहरीले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस