रत्ननगरको निःशुल्क आँखा शिबिरमा ३६५ जना बिरामी लाभान्वित

प्रकाश सिग्देल

आइतबार, १८ फागुन २०७६, २२ : ३३
रत्ननगरको निःशुल्क आँखा शिबिरमा ३६५ जना बिरामी लाभान्वित

चितवन । लागु पदार्थ दुब्र्यवसनी न्युनिकरण अभियानमा सक्रिय सामाजिक संस्था सपोर्ट एण्ड केयरले अघिल्ला वर्ष जस्तै यो वर्ष पनि चितवनमा ‘आई क्याम्प फर चितवन’ अर्थात  निःशुल्क आँखा शिबिर सन्चालन गरेको छ ।

जिल्लाको सबै ७ वटै स्थानिय तहमा निःशुल्क शिबिरको आयोजना गरिएको सपोर्ट  एण्ड केयर संस्थाका अध्यक्ष राजबन्दु गौतमले बताउनु भयो । पहिलो शिबिर पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर २ रेडक्रष भवनमा भएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनको प्रमुख आतिथ्यतामा शिबिरको उद्धघाटन भएको थियो ।

कार्यक्रमको उद्धघाटन समाहरोहमा बोल्दै प्रमुख अतिथि वनले बिगतको वर्ष जस्तै यो वर्ष पनि शिबिर आयोजना गरि आफ्ना नगरबासीको सेवामा काम गरेको भन्दै आयोजक संस्थालाई आभार प्रकट गर्नु भयो । कार्यक्रममा रेडक्रष भरतपुरका प्रमुख ज्ञानशाली न्यौपानेले आँखा शिबिर जस्तो महत्वपुर्ण काम गर्न संस्थाले आफुहरुसंग सहकार्य गरेको भन्दै आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा बोल्दै आयोजक संस्था नेशनल आँखा अस्पताल भरतपुरका डा. राजेन्द्र बहादुर श्रेष्ठले अस्पतालले अस्पतालको अलाबा बाहिर पनि यस्ता कार्यक्रमहरु गर्ने गरेको र शिबिरबाट मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने बिरामीहरुका लागी आफ्नो अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने बताउनुभयो । शिविरमा र्जमनबाट आएका काटिया र ब्रिगिटको नेत्रित्वको ९ जनाको टोली शिविरमा खटिएको छ ।

नेशनल आँखा अस्पताल र सपोर्ट एण्ड केयर संस्थाका गरि ५० भन्दा बढि स्वयमसेवकहरु परिचालन भएको कार्यक्रमका संयोजक गौतमले बताउनु भयो । शिबिरबाट ३६५ जनाले आँखा जाच गराएका छन् भने चस्मा र औषधी समेत निःशुल्क रुपमा बितरण गरिएको थियो । यो शिबिरबाट ३ जनाको मोतियाबिन्दुको अप्रेसनका लागी सिफारिस गरीएको छ । 

शिबिर ३० गते सम्म महानगरका विभिन्न ७ स्थानमा हुनेछन् । २० गते राप्ती नगरपालिकाको थाकलटार, २२ गते माडी, २४ गते मेघौलीको क्लिनिक नेपालको परिसर, २५ गते ईच्छाकामना गाँउपालिका वडा नम्वर ७ दाहाखानीको श्री धौराली राष्ट्यि आधारभुत्त बिद्यालय सुन्दरबस्ती, २८ गते रत्ननगर ९ कपरखोरी स्थीत ,सपोर्ट एण्ड केयरको कार्यालय र ३० गते कालिका नगरपालिकाको शिद्धि स्थीत तिनदोभानमा शिबिर हुने बताईएको छ ।

शिबिरमा निशुल्क आखा परिक्षण संगै चस्मा औषधी निशुल्क वितरणसंगै मोतियाबिन्दुको शल्यक्रिया समेत निःशुल्क गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस