सुर्तीजन्य पदार्थ बेचबिखन तथा सेवनमा कडाई गर्दै भरतपुर महानगर, दिनहुँ बजार अनुगमन (भिडियो सहित)

शैक्षिक संघ संस्था नजिक चुरोट सुर्ती बेच्नेलाई जरिवाना !

प्रकाश सिग्देल

आइतबार, १८ फागुन २०७६, २२ : १४
सुर्तीजन्य पदार्थ बेचबिखन तथा सेवनमा कडाई गर्दै भरतपुर महानगर, दिनहुँ बजार अनुगमन
(भिडियो सहित)

चितवन । भरतपुर महानगरले बजार अनुगमन लाई आक्रामक रुपमा अगाडी बढाएको छ । बजारलाई उपभोक्ता मैत्री बनाउदै अबान्छनिय क्रियाकलाप हुन नदिन र बजारमा हुने कालोबजारी रोक्न महानगर अग्रसर भएको छ ।

महानगर भित्र अखाद्य बस्तु बिक्री बितरण रोकी शुसासन युत्त बजारको बिकास गर्न बजार अनुगमनलाई ब्यापकता दिएको महानगरले जनाएको छ ।केही समय अघि खाद्यान्नमा अनुगमन तिब्र पारेको महानगरले अहिले सुर्ती जन्य बस्तुको बिक्रीवितरण स्थलहरुको अनुगमन लाई तिब्र पारेको छ । भरतपुर महानगरपालिका वडा न १० का अध्यक्ष तथा महानगरका प्रबक्ता अरूण पिडित भन्डारीले सुर्ती बेचबिखन तथा सेवनमा कडाई गर्दै महानगरलाई सुर्तीजन्य पदार्थ रहित बनाउन यो अभियान प्रभावकारी बनेको बताउनुभयो ।

उहांले यो अनुगमन सुर्तीजन्य पदार्थ नियन्त्रन र नियमन गर्ने ऐन २०६८ बमोजिम गरिएकोले यसमा स्थानियको साथ र सहयोग भएको पनि उल्लेख गर्नुभयो ।  महानगरले पछिल्लो समय शैक्षिक संघ संस्था, सरकारी कार्यालय, अस्पताल बालगृह लगायतका निकाय आसपासका क्षेत्रमा हुने सुर्ती जन्य पदार्थको बिक्री रोक्ने अभियानमा महानगर जुटेको छ । 

शैक्षिक संघसंस्था, अस्पताल लगायतका निकायको १०० मिटरको पेरिफेरीमा सुर्तीजन्य पदार्थहरु बिक्री बितरण गर्न ऐनले रोक लगाएकाले त्यसको कार्यान्वयमा महानगरका अधिकारीहरु जुटेका छन् । भरतपुर महानगरका उपसचिव प्रधुन्नप्रसाद उपाध्याएकोे नेतृत्वमा प्रत्यक दिन जसो बजार अनुगमन तिब्र गरिएको छ । अनुगमनको क्रममा  ३५ वटा पसलमध्ये १३ पसलमा यस्ता सामग्री पाएको र चुरोट सेवन गर्दै गरेका दुई जना व्यक्तिलाईसमेत कारवाही गरेको छ |

आईतबार महानगरले बालकुमारी कलेज स्कुलको हाताभित्रका होटल तथा पसलहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा बालकुमारी कलेजको गेट अगाडी रहेका सबै होटल तथा खाजा घरले चुरोट सुर्ती बिक्री गरेको पाईएको थियो भने बालकुमारी कन्या र उच्च माबि आसपासका अधिकांस पसलहरुले सुर्ती जन्य पदार्थ बिक्री गरेको भेटिएको थियो ।

ति सुर्तीजन्य सामग्री जफ्त गरि २ हजार जरिवाना गरेर अव बिक्री नगर्न सल्लाह दिएको अनुगमन समितिका संयोजक उपसचिव उपाध्यायले बताउनु भयो । सो क्रममा ३५ भन्दा बढि पसल तथा होटलमा अनुगमन भएको र १३ वटा पसललाई दुई हजारका दरले जरिवना र दुई जना लाई सार्वजनिक स्थानमा सेवन गरेकाले एक एक सयका दरले जरिवना गरिएको उपाध्याय बताउनभयो ।

आईतबार मात्र २६ हजार २ सय राजस्व समेत संकलन भएको छ । महानगरले अहिले स्कुल कलेज अस्पताल आसपासका क्षेत्रमा अनुगमन गरीरहेको र महानगरका सबै स्थानमा निरन्तर अनुगमन हुने उपभोक्ता हित संरक्षण शाखाका  अधिकृत  देबिप्रसाद अचार्यले बताउनु भयो ।